एमालेले गर्‍यो लेखा समितिको बैठक बहिष्कार

एमालेले गर्‍यो लेखा समितिको बैठक बहिष्कार

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ । 

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएका हुन् । त्यसपछि कोरम नपुग्दा बैठक नै बस्न सकेन । दिउँसोको २ बजेसम्म एमाले सांसदको प्रतिक्षामा रहेपनि नआएपछि बैठक स्थगित गरेको समितिका जेष्ठ सदस्यसमेत रहेका सभापति अर्जुननरसिंह केसीले जानकारी दिए । 

समिति सभापति चयन नभएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो । यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अर्को बैठक एमालेले बहिस्कार गर्ने बताएका थिए ।

नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, नेकपा माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको जिम्मा दिनेगरी शीर्ष नेताहरुबीच सहमति भएपनि समितिले अहिलेसम्म नेतृत्व पाउन सकेको छैन । 

Logo