सदनको अवरोध खुलाउन प्रधानमन्त्री र सभामुखबीच छलफल जारी

सदनको अवरोध खुलाउन प्रधानमन्त्री र सभामुखबीच छलफल जारी

केन्द्रबिन्दु
0
Shares

झन्डै एक महिनादेखि अवरुद्ध संसद खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन्।

सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल भइरहेको छ। 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ। सदन अवरोध भएपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी पाँच पटक छलफल गरिसकेका छन् ।

Logo