पदमश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

पदमश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

पदमश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस बर्षका लागि पदमश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको 'सर्ट लिस्ट' सार्वजनिक गरेको हो। 

सो प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेले सार्वजनिक गरेको सर्ट लिस्ट अनुसार सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐठन, डा.देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र  डा.नवराज केसी शुन्यको मुल्य नामक पुस्तकहरू परेकाे छ । 

सो प्रतिष्ठानले बिगत २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ।

अध्यक्ष लामिछानेका अनुसार चयन प्रक्रियाको पहिलो चरणमा सो प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्ड बमोजिम निर्णायक समितिको सिफारिस अनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ्ग लिस्ट) सार्वजनिक गरेका थियो र चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तक मध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) निर्णायक मण्डलको सिफारिस बमोजिम आज सार्वजनिक गरिएको हो।

Skip This
Skip This
Logo