‘हाम्रो लक्ष्य पुटिनको हार नभई अमेरिकाको जित होस्’

‘हाम्रो लक्ष्य पुटिनको हार नभई अमेरिकाको जित होस्’

केन्द्रबिन्दु
0
Shares

अन्य अमेरिकी नेताहरू भन्दा एकदम फरक विचारका साथ भारतीमूलका अमेरिकी सांसद विवेक रामास्वामीले रुस–युक्रेन द्वन्द्व मस्कोलाई डोनबास क्षेत्र र किएभलाई नाटोमा सामेल नगर्ने शर्तमा अन्त्य गर्न सकिने बताएका छन् । 

केबल न्युज नेटवर्कसँगको कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्य गर्न चीनसँगको आफ्नो सैन्य गठबन्धन छोड्नुपर्ने तर्क गर्दै सांसद रामास्वामीले रुस–चीन सैन्य गठबन्धन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा भएको बताए । 

अमेरिकी आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन प्राइमरीमा डोनाल्ड ट्रम्पविरूद्ध लड्ने तयारीमा रहेका उनले आफू राष्ट्रपति निर्वाचित भएपछि मस्को भ्रमण गर्ने बताउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङको साथ छाड्न रुसी राष्ट्रपतिलाई मनाउनुपर्नेमा जोड दिए । 

युक्रेनसँगको अमेरिकी संलग्नताले रुसलाई ‘चिनियाँ हतियार’तर्फ धकेलिरहेको बताउँदै उनले पुटिन आधुनिक चीनका निर्माता माओत्से तुङजस्तै भएकाले उनलाई चीनसँगको सैन्य गठबन्धनबाट बाहिर निकाल्न अपरिहार्य भएको बताए । “हामीले पुटिन पनि नहारुन्, हाम्रो पनि पराजय नहोस्” भन्ने हिसाबले अमेरिकाले काम गर्नुपर्ने उनले बताए । -एएनआई

Skip This
Skip This
Logo