मालीमा बन्दुकधारीद्वारा २१ जनाको सामूहिक हत्या

मालीमा बन्दुकधारीद्वारा २१ जनाको सामूहिक हत्या

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी देश मालीमा भएको आक्रमणमा २१ जनाको मृत्यु भएको छ। मध्य मालीको मोप्ती क्षेत्रको एउटा गाउँमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए। यस क्रममा उनले २१ जनाको हत्या गरेको समाचारमा जनाइएको छ।

विदेशी सञ्चारमाध्यमका अनुसार स्थानीय स्रोतहरूले शनिबार दिउँसो मोप्तीको बन्दियागरा सहर नजिकैको यारु गाउँमा केही आक्रमणकारी प्रवेश गरेको बताएका छन्। उनीहरुले निशाना बनाएर गोली चलाएको जनाइएको छ।

सो आक्रमणमा परी महिलासहित २१ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

Skip This
Skip This
Logo