सभामुखले बोलाएको बैठक निष्कर्षविहीनः दलहरु आ-आफ्नै अडानमा

सभामुखले बोलाएको बैठक निष्कर्षविहीनः दलहरु आ-आफ्नै अडानमा

केन्द्रबिन्दु
0
Shares

प्रनिनिधिसभाको बैठक नियमित गर्ने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बाेलाएकाे प्रमुख सचेतक र सचेतकबीचको बैठक निष्कर्षविहीन भएको छ। 

बैठकपछि सभामुख घिमिरेले आफूले चाँडै दलबीच सहमति खोजेर संसद खुलाउने बाटोमा लाग्न आफूले आग्रह गरेको जानकारी दिए । उनले आफूले संसद खुलाउन आवश्यक पहल गरिरहेको तर दलहरु जिम्मेवार नभएसम्म समस्या समाधान नहुने बताए । 

लामो समयदेखि अवरुद्ध बैठक खुलाउन सभामुखले बोलाएको बैठकमा प्रमुखदलका सांसदहरु संसद खोल्ने विषयमाआफ्नो अडानबाट टसमस नभएका हुन् । 

बैठकमा सत्तापक्षबाट नेपालीकांग्रेस र नेकपामाओवादी केन्द्र तथाविपक्षी दलबाट नेकपाएमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए ।

आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु भएको छैन । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

Logo