माओवादीले टुङ्ग्यायो कर्णालीमा कार्यविभाजन, क-कसले पाए जिम्मेवारी ?

माओवादीले टुङ्ग्यायो कर्णालीमा कार्यविभाजन, क-कसले पाए जिम्मेवारी ?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजनलाई अन्तिम रुप दिएको छ।  

साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको नेतृत्वमा बसेको बैठकले कर्णाली प्रदेशको १० जिल्ला र पालिका इञ्चार्जहरूको कार्य विभाजनलाई टुङ्गो लगाएको हो।  १० वटा जिल्लामध्येमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, जुम्लाको छिमी लामा, मुगुको गोमा गौतम कुँवर,कालिकोटको टेकबहादुर बस्नेत,दैलेखमा गोपाल शर्मा,सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इञ्चार्ज रहेका छन्।  

त्यस्तै जाजरकोटमा बसन्त शर्मा, रुकुममा गगन खड्का,सल्यानमा नरेश भण्डारी, र डोल्पामा नरबहादुर बिष्ट इन्चार्ज तोकिएका छन्। मओवादी केन्द्रको साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो। कर्णालीमा माओवादीले प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिका हेर्ने गरि जिम्मेवारीसमेत तोकेको छ । 

 

 

Logo