पर्यटकको लागि उड्डयन सुरक्षा अभियान अन्तर्गत लुक्ला प्राथमिकतामा राखियो

पर्यटकको लागि उड्डयन सुरक्षा अभियान अन्तर्गत लुक्ला प्राथमिकतामा राखियो

केन्द्रबिन्दु
0
Shares

हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले पर्यटकहरुको लागि लुक्लालाई प्राथमिकतामा राखेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित १० औँ उड्डयन सुरक्षा अभियान कार्यक्रममा उपमहानिर्देशक ठाकुरले उड्डयन सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका हुन्। 

उनले भने,‘अब हाम्रो प्राथमिकता लुक्ला रहेको छ। पर्यटकीय सिजनहुने भएकाले लुक्लामाफोकस गरेका हौँ। हिजोमात्रहामीले महावीर पुनलाई बोलाएर क्यामाराहरु कहाँ राख्ने भनेर पाईलटहरुसँग पनि छलफल गरेका छौँ। 

हवाई दुर्घटनालाई कम गर्न र पर्यटकहरुको चाहना पूरा गर्नकै लागि भए पनि विभिन्न तालिम मार्फत पाईलटहरुदेखि लिएर सबैलाई तयार गर्ने कार्य भइरहेको उपमहानिर्देशक ठाकुरको भनाइ छ। 

उनले भने, ‘मानव सुरक्षालाई प्राथमिकतामा राखिने छ। पाईलटहरुलाई मौसमको वास्तविक स्थिति के छ र अब आउने दुई तीन घण्टामा के परिवर्तन हुन्छ भनेर तालिमहरु दिने गरेका छौँ। सेप्टेम्बरको पहिलो हप्तादेखि पर्यटक सिजन सुरु हुँदैछ। त्यो भन्दा अगाडि नै हामी त्यहाँ अन्तरक्रिया कार्यक्रम गर्दैछौँ। के के गर्न सकिन्छ त? जसले गर्दा दुर्घटना हुँदैन।  १०० वटा दुर्घटना भइसक्यो अब नहोस् भनेर हामी अन्तर्क्रिया कार्यक्रम गर्दैछौँ।’ 

उपमहानिर्देशक ठाकुरले सेप्टेम्बरको पहिलो हप्तादेखि सुरु हुने पर्यटकीय सिजन भन्दा अगाडि नै लुक्लामा अन्तर्क्रिया कार्यक्रम गर्ने बताए। 

Skip This
Skip This
Logo