कोशी प्रदेश सभाको बैठक सुरू भएको छ । प्रदेशसभाको बैठक नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका छन् ।
मुख्यमन्त्री उद्धव थापाले साेमबार विश्वासको मत लिने कार्यसूची रहेपनि उपसभामुख सिर्जना दनुवार स्वास्थ्यमा अचानक समस्या आएकाे भन्दै प्रदेश बाहिर गएपछि सत्ता गठबन्धनले बैठक सञ्चालनको जिम्मेवारी अध्यक्ष मण्डलमा रहेका इस्राइल मन्सुरीलाई दिएकाे थियाे ।
उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेकी थिइन् । तर, यसलाई सत्ता गठबन्धनले एमालेले गरेको राजनीतिका रूपमा अर्थ्याएकाे छ ।
सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा बहुमत ४७ प्रदेशसभा सदस्यको मात्र समर्थन रहेको छ। ९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् । विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन्।





























प्रतिक्रिया