एक अफ्रिकी दास, जसबाट २ सय बढी सन्तान जन्माइए

एक अफ्रिकी दास, जसबाट २ सय बढी सन्तान जन्माइए

केन्द्रबिन्दु
0
Shares

दास प्रथा कालो मसीले लेखिएको मानव सभ्यताको इतिहास हो। यसमा पीडा,क्रूरता, बर्बरता र अपमानजनक मृत्यु बाहेक केही थिएन। यसरी संसारका धेरैजसो भागमा दास प्रथा थियो तर अफ्रिकीहरूका लागि यो श्रापभन्दा कम थिएन। 

अधिकांश दासको नाममा किनबेच गर्ने काम उनीहरुले नै गरेका थिए। यही कारणले गर्दा आज तपाईंले विश्वका धेरै ठाउँमा कालो मानिसलाइ दासको रूपमा राखिएको भेट्टाउनु हुनेछ। यद्यपि यी सबैको उत्पत्ति अफ्रिका हो।

यी दासहरू किन्ने मानिसहरूले तिनीहरूलाई विभिन्न प्रकारका कामहरू गराउने गर्थे। जसको एकमात्र काम आफ्नो मालिकको लागि सन्तान जन्माउनु थियो।

हामीले कुरा गरिरहेको पाटा सेकाको वास्तविक नाम रोक जोस फ्लोरेन्सियो थियो। १९ औँ शताब्दीमा उनलाई ब्राजिलियन जग्गा मालिकले दास बनाएका थिए। पातासेकाको लम्बाइ करिब ७ फिट २ इन्च भएको र उनी निकै बलियो भएको बताइएको छ। उनको बारेमा यो पनि भनिन्छ कि उनी १३० वर्षसम्म बाँचे। तर, उनको सम्पूर्ण जीवन मालिकका लागि सन्तान उत्पादनमा बित्यो।

वास्तवमा यो त्यो समयको कुरा हो, जब अफ्रिकी दासहरूको खरीद र बिक्री चरम सीमामा थियो। संसारभरका धनी मानिसहरूले यी दासहरू किन्न चर्को मूल्य तिर्ने गर्थे। विशेष गरी यदि मानिस दास छ र ऊ बलियो छ भने जमिन्दारहरूले उसबाट बढी पैसा लिने गर्थे। 

पाता सेका धेरै बलियो थियो, त्यसैले उनको मालिकले उनलाई ब्रीडरको काम दिए ताकि उनीबाट जन्मेका बच्चाहरू पनि बलियोहोस्।  यो काम धेरै पैसा कमाउनको लागि गरिएको थियो। पाता सेकाले आफ्नो जीवनमा २०० भन्दा बढी सन्तान जन्माएको बताइन्छ।

Skip This
Skip This
Logo