सुन तस्करी प्रकरणबारे मस्यौदा समितिको बैठक बस्दै

सुन तस्करी प्रकरणबारे मस्यौदा समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको मस्यौदा समितिको बैठक बस्दै छ। मङ्गलबार दिउँसो १२ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मस्यौदा समितिको बैठक बस्न लागेको हो ।

सोमबार बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थियाे। बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मा एमालेका सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई दिइएको थियो । समितिले तयार पारेको मस्यौदामा २ बजे शीर्ष नेताहरूको हस्ताक्षर गर्ने बुझिएको छ। 

Logo