बझाङ ।
जिल्लाको केदारस्युँ गाउँपालिकाको एक बस्ती पहिरोले बगाएको छ ।
गएराति अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले सो गाउँपालिका वडा ८ स्थित मल्लेसका १७ घर बगाएको हो ।
पहिरोमा परि ७ जना बेपत्ता भएको अनुमान गरिएको छ। पहिरोको सूचना पाएसँगै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।































प्रतिक्रिया