सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार गरेका छन् ।
सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको छ ।
नेपालको आर्थिक समृद्धिको प्रमुख आधार अब सूचना तथा सञ्चार प्रविधि हुने उल्लेख गर्दै मन्त्री शर्माले यो क्षेत्रको विकास गर्न राष्ट्रहितमा हुनेगरी सबैसँग सहकार्य गर्न इच्छुक रहेको बताइन् ।
‘सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ ।नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जीटूजी, पिटूपी (सरकार–सरकार, जनता–जनता) सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौं ।’ उनाले भनिन् ।
अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले यसलाई थप सुरक्षित र भरपर्दो बनाउने बताएकी छन् ।
साे क्रममा राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको बताए । कोरिया नेपालमा वैदेशिक लगानी गर्ने चौथो मुलुक रहेको जानकारी दिंदै सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको उनको भनाई छ ।































प्रतिक्रिया