त्रिशूली बस दुर्घटनाले प्रधानमन्त्री दुःखी, उद्दार कार्य प्रभावकारी बनाउन निर्देशन

त्रिशूली बस दुर्घटनाले प्रधानमन्त्री दुःखी, उद्दार कार्य प्रभावकारी बनाउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धादिङको गजुरीमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएका हन्।

'सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु। साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु।' उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो । बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन।

घटनास्थलबाट प्रहरीले १७ जना घाइतेको उद्धार गरेको छ।

Skip This
Skip This
Logo