कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनुवाइ हुने

कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनुवाइ हुने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशकाे माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो। 

कोशी सरकारका पूर्वमुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ।

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरीत र प्रचलित कानुन बिपरित विश्वासको मत लिनेबेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेकाे एमालेकाे जिकिर छ। यसरी प्राप्त गरेको विश्वासको मत गैर संबैधानिक भन्दै एमाले सर्वोच्च पुगेको हो।

यसअघि पनि सभामुखको मतसमेत जोडर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो। सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिए पछि थापाले सभामुख बाबुराम दाहाललाई राजिनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए। तर, विश्वासकाे मत लिने बेला पुनः सभाध्यक्षकाे मत लिए पछि एमाले फेरी पनि सर्वाेच्च पुगेकाे हाे। 

Skip This
Skip This
Logo