वागमती प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले काठमाडौँको जडीबुटीस्थित बसपार्क हटाउन नहुने बताएकी छिन्।
काठमाडौँ महानगरपालिकाको जडीबुटीस्थित बसपार्क हटाउने तयारी गरेपछि बिहीबार भएको छलफलमा मन्त्री खड्काले काठमाडौँ महानगर प्रमुख बालेन्द्र साह बालेनलाई लक्षित गर्दै क्षणिक वाहवाही पाउन मात्र काम गर्न नहुने बताइन। यातायात व्यवसायीहरु समेत सहभागी रहेको छलफलमा मन्त्री खड्काले काठमाडौँ भित्रका बसपार्कहरुलाई व्यवस्थित बनाइनुपर्ने बताइन्।
उनले भनिन्, ‘महानगरले समन्वयन गर्नु पर्ने ठाउँमा असहज गर्याे भन्ने कुरा सुन्दा दुःख लाग्यो। उहाँ जस्तो मान्छेले यस्तो कुरा गर्न सुहाएन्। यो विषयमा गहन रुपले सोच्नु पर्ने हुन्छ। महानगरको जुन काम गरेको छ त्यसको वाह वाह भईरहेको छ। यस्तो कामले नकारात्मक सन्देश प्रवाह गर्छ जस्तो लाग्छ।’
मन्त्री खड्काले काठमाडौँ महानगरपालिकामा ७७ वटै जिल्लाको मानिसहरु बस्ने भएकाले उनीहरु आ-आफ्नो जिल्लामा जाँदा सहज हुने व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्नुपर्ने बताइन्। उनले काठमाडौँको जाम र सावारी साधनको चाप हटाउन चोक चोकमा बस पार्कको व्यवस्था गर्नुपर्ने समेत बताइन्।































प्रतिक्रिया