साताकाे अन्तिम दिन घट्याे सेयर बजार

साताकाे अन्तिम दिन घट्याे सेयर बजार

केन्द्रबिन्दु
0
Shares

काराेबार हुने साताकाे अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । यस दिन नेप्से सूचक ३१.५२ विन्दुले घटेर २०१३.९३ अंकमा आएर अडिएको छ । 

यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् । 

१९९० लाई टेवा दिएर फर्किएको बजार गति लिने अपेक्षाविपरीत पुनः घटेको हो । यसबाट पुनः अनिश्चितता उत्पन्न भएको छ । अब बजारले कुन विन्दुमा पुगेर बाउन्स ब्याक हुन्छ भन्ने चासो पनि बढेको छ । लाभांशको सिजन नजिकिंदै गर्दा बजारको प्रदर्शन कमजोर देखिएको छ । घटेको बजारमा एक–दुई दिन क्रेता देखिए पनि तुरुन्तै ट्रेडरहरु हावी हुने प्रवृत्ति देखिएको छ ।

बिहीवार ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् । 

Skip This
Skip This
Logo