गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आवश्यक छः ज्ञानेन्द्र शाही

गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आवश्यक छः ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले गौरा पर्वलाई राष्ट्रियपर्वका रुपमा मनाउन आवश्यक रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित गौरा पर्व २०८० बिशेष कार्यक्रममा बोल्दै सांसद शाहीले देशको अवस्था र व्यवस्था फेरिएसँगै गौरा पर्वलाई पनि राष्ट्रियपर्वका रुपमा मनाउन आवश्यक बताएका हुन् । उनले भने, ‘अब अवस्था फेरिएको परिस्थती फेरीएको छ । पूर्व प्रधानमन्त्री यही हुनुहुन्छ । यसलाई राष्ट्रियविधाका रुपमा हामीले मनाउनुपर्छ किनकी सबैका संस्कृति मान्दा हाम्रो संस्कृति किन नमान्ने ?’

सांसद शाहीले नेपाली भाषाको उत्गम स्थलको पर्व भएकाले यस पर्वमा राष्ट्रिय छुट्टीको माग गरे । उनले भने,‘नेपाली भाषाको उद्गम स्थलको पर्व हो यो । नेपालभरी भाषा संस्कृति सिकाउनेको पर्व हो यो । त्यसैले हाम्रो पर्वमा राष्ट्रिय छुट्टी चाहिन्छ यो माग सबैले गर्न आवश्यक छ ।’ 

Skip This
Skip This
Logo