वीरगञ्जमा आज मोर्चाको पहिलो सन्देश सभा

वीरगञ्जमा आज मोर्चाको पहिलो सन्देश सभा

केन्द्रबिन्दु
0
Shares

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले पहिलो सन्देश सभा आयोजना गर्देछ।

शुक्रबार वीरगञ्जमा पहिलो सन्देश सभा आयोजना गर्न लागेको हो। मोर्चामा सहभागि जनता समाजवादी पार्टीको आयोजनामा दिउँसो १ बजे वीरगञ्जमा सभाको आयोजना हुन लागेको हो।  मोर्चाले भदौ १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको छ।

सोमबार बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो।असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन्।

Skip This
Skip This
Logo