केन्द्रविन्दुकर्मी न्यौपानेसहित चार चलचित्र पत्रकार पुरस्कृत

केन्द्रविन्दुकर्मी न्यौपानेसहित चार चलचित्र पत्रकार पुरस्कृत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चलचित्र पत्रकार संघ नेपालको आव्हानमा सम्पन्न कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभावका बारेमा गरिएको लेखन प्रतियोगितामा केन्द्रविन्दुकर्मी मनोज न्यौपानेको लेख उत्कृष्ट ४ मध्ये तेस्रो भएको छ ।

यस सम्बन्धमा संघले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । संघले चलचित्र क्षेत्रमा कोरोना भाइरसले उत्पन्न गरेका समस्या र त्यसको समाधानसहितको लेख रचना तथा प्रतिवेदन लेखन सम्बन्धमा प्रतियोगिताको आयोजना गरेको थियो ।

जसमा, संघले एक छनौट समिति तय गरि सोहि समितिले १३ वटा लेखबाट छनौट प्रक्रिया सुरु गरेको थियो । त्यसमा पनि मापदण्डसहित मूल्याङ्कनको आधारमा ८ वटा लेख तथा रचनाको सर्टलिष्ट तय गर्दै उत्कृष्ट प्रतियोगिहरूको नाम सार्वजनिक गरेको हो ।

संघका अनुसार प्रतियोगितामा पत्रकार ध्रुव लम्सालको लेख प्रथम, पत्रकार विष्णु शर्माको लेख द्वितीय र पत्रकार न्यौपानेको लेखले तृतीय स्थान हासिल गरेका हुन् । यसैगरि पत्रकार रिना मोक्तानको लेखले चौथो स्थान हासिल गरेको छ ।

नेपाली चलचित्र क्षेत्रको वर्तमान बस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने समाधानको खोजीका निम्ती आयोजित प्रतियोगीताले नेपाली चलचित्र उद्योगको श्रीवृतिमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतियोगितामा उत्कृष्ट ४ ले अनुकुल समयमा क्रमशः १५ हजार, १० हजार र पाँच–पाँच हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । उक्त लेख रचनाहरूलाई पत्रकारहरु विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जीवन कुमार पराजुली र समीर बलामीको छनोट समितिले मूल्यांकन गरेको संघको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Logo