नेपाली कथानक चलचित्र ‘गणपति’भदौ १४ गतेबाट नेपाल र नेपाल बाहिरबाट एकसाथ प्रदर्शनमा आउँदैछ । सेभेन सिज इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रले व्यवासायिक तथा भावनात्मक रुपमा सफल हुने निर्माण पक्षको दाबी छ ।
सामाजिक कथावस्तु समेटिएको ‘गणपति’ले समाजले मान्छेलाई कसरी भगवानको दर्जा दिन्छ र त्यो दर्जासँग सामान्य मान्छेले आफ्नो जीवनका चाहना पूरा गर्न कसरी संघर्ष गर्नुपर्छ भन्ने विषयलाई नै मुख्य रुपमा उठाएको छ । एक युवाले आफ्ना लागि घर,परिवार र समाजसँग संघर्ष गर्नुपर्ने बाध्यतालाई चलचित्रमा मुख्य भूमिका निभाएका मुकुन भुसालमार्फत देखाउन खोजेको छ ।
यस चलचित्रका मुख्य कलाकार भुसालले चलचित्र मार्मिक र भावत्नामक भएको बताएका छन् । ‘चलचित्रमा एकदमै भावना जोडिएको छ । गर्न खोजीएका कुराहरुको अवसर मिलिरहेको हुँदैन, क्षमता हुँदाहुँदै पनि । उमेर पुगिसकेकाले छोराछोरीले परीवारमा आर्थिक रुपले केहि गर्न नसकी रहँदा जसरी अपहेलित हुनुपर्छ घरबाट पनि त्यही कुरा पर्दामा देख्दा दर्शकलाई आफ्नै कथा लाग्नसक्छ ।’
पर्दामा दर्शकले सिनेमा हेर्दै गर्दा त्यहाँको पात्रमा आफूलाई देख्ने र चलचित्र एकदमै राम्रो र समय सामयिक बनेको उनको दाबी छ । ‘सिनेमा हेरेर भरपूर मनोरञ्जन त पाउनुहुनेछ नै छ । साथै पात्रहरुसँग ट्राभल गर्दैगर्दा २ घण्टाको समय छोटो लागेर सिनेमाको प्रशंसा गर्नुहुने छ । एकदमै मेहनत गरेर बनाएका छौँ । व्यापारिक पाटो दर्शकले सिनेमा हेरेपछि एकजनाले हेरेपछि २० सँग तारिफ गर्नुहुन्छ त्यसमा ढुक्क छौं ।’
सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ । कलाकारद्वव मुकुन भुसाल र प्रकाश घिमिरे चलचित्रको ट्रेलरमा सशक्त भूमिकामा देखिएका छन् । चलचित्रमा उनीहरुका अलवा मेनुका प्रधान, सूर्यमाला खनाल, देवेन्द्र बब्लु, कविता न्यौपाने, अंशु महर्जनलगायत काकलाकारले अभिनय छ ।





























प्रतिक्रिया