प्रत्येक जिल्लामा एउटा सार्वजनिक निजी साझेदारी आयोजना संचालन गरौँः अध्यक्ष ढकाल

प्रत्येक जिल्लामा एउटा सार्वजनिक निजी साझेदारी आयोजना संचालन गरौँः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका ७७ वटै जिल्लामा कम्तिमा एउटा वृहत व्यावसायिक आयोजना संचालन गर्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समितिकाद्वारा आयोजना गरिएको समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढकालले हरेक जिल्लामा आर्थिक गतिविधि बढाउन र तहाँ उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्न सार्वजनिक निजी साझेदारीमा कम्तिमा एउटा वृहत व्यवसायिक आयोजना संचालन गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।

यसबाट जिल्लामा उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्दै जिल्लामा आर्थिक गतिविधि बढाउन सकिने र स्थानीय रूपमा राजश्व संकलन तथा रोजगारी सृजना हुनसक्ने भएकाले महासंघ र जिल्ला उद्योग वाणिज्य संघहरु सरकारसँग सहकार्य गर्न तत्पर रहेको उनको भनाइ छ।

अध्यक्ष ढकालले सरकार तथा निजी क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई आग्रहसमेत गरे ।

Logo