साम्राज्ञीलाई भुवनको जवाफ- ‘फेरि पनि मानमर्दन हुने कुरा पोस्ट गरे कानुनी प्रकृयामा जान्छु’

साम्राज्ञीलाई भुवनको जवाफ- ‘फेरि पनि मानमर्दन हुने कुरा पोस्ट गरे कानुनी प्रकृयामा जान्छु’

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले चलचित्र निर्माणको क्रममा निर्माताबाट दुर्ब्यबहार परेको कुरा सामाजिक संजालमार्फत खोलेकी थिईन् ।

त्यससमय उनले फिल्मको नाम सार्वजनिक नगरे पनि सांकेतिकरुपमा फिल्म ‘ड्रिम्स’मा काम गर्दा नराम्रो व्यवहार भोग्नु परेको भिडियोमार्फत उनले जानकारी गराएकी थिइन् । उनको संकेत आफुतिर हो भन्ने बुझेर अभिनेता तथा निर्माता भुवन केसीले त्यसको प्रत्युत्तरमा फेसबुकमार्फत जवाफ दिएका थिए । जहाँ उनले साम्रज्ञीको व्यवहारलाई ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै व्यंग्यात्मक संज्ञा दिएका थिए ।

त्यहि बेलादेखि साम्राज्ञी र भुवनबीच आरोप प्रत्यारोप सुरू भएको हो । यसैबीच साम्राज्ञीको पछिल्लो अभिव्यक्तिपछि दुई दिनसम्म चुप बसेका भुवनले बिहीबार भने साम्राज्ञीका लागि सामाजिक संजालमा लामो पत्र नै लेखेका छन् ।

जुन पत्रमा लेखिएको छ 

डियर साम्राज्ञी,

तपाईँलाई पहिलो पटक नायिकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ‘ड्रिम्स’ बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति  तपाईँ धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु ।

करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भई सुपर हिट भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइनँ, छाता ओढ्न पाइनँ, सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि मात्र म लगायत अरु निर्माताहरुलाई पनि गालीगलौज गरेको देख्दा आश्चर्य लागेको छ । आफुलाई ब्रेक दिने पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईँले मेरो बारेमा आफ्नो इन्स्टाग्राममा भिडियो पोष्ट बनाई पोष्ट गर्नुभएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भिर ध्यानाकर्षण  भएको छ ।

अब उप्रान्त तपाईँले म भुवन केसीले विगत करिब चलिस वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म यहि चलचित्रको क्षेत्रमा रातदिन कार्यरत रही मैले हासिल गरेको मान–प्रतिष्ठाहरुमा आघात पुग्ने गरी पुनः त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्राम, फेसबुक या अन्य कुनैपनि सामाजिक सन्जालमा पोस्ट नगर्न सुचित गर्दछु ।

मेरो यो सुचनाको बावजुद तपाईँले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईँ उपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रयोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईँबाट यथोचित क्षतिपुर्ती गराउने र तपाईँलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनुको निमित्त आवश्यक कानुनी प्रकृयाको थालनी गर्ने व्यहोरा तपाईँलाई बडो दुःखका साथ जानकारी गराउँदछु ।

भवदिय

भुवन केसी
सिनामंगल, काठमाडौं–वडा नं. ९
मिती २०७७ साल, अषाढ १८ गते
शुभम्

Logo