‘२०औँ डाबर बाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला’काे तयारी पूरा

‘२०औँ डाबर बाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला’काे तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

‘२०औँ डाबर बाटिका तीज फेस्टिवल-श्रृजनशिल उद्यमी मेला २०८०’ को सम्पूर्ण तयारी पूरा भएको छ । 

महिला श्रृजनशिल केन्द्र र राइजिङ नेपालले महिलाहरुको उद्यमशिलतालाई विकास गर्ने उदेश्यले शुक्रबारबाट सुरु हुन लागेको तीज मेलाको तयारी पूरा भएको आयोजक टिमका पशुपति बिसीले जानकारी दिए । 

काठमाडौंस्थित होटल अन्नपूर्णमा भाद्र १७ गतेसम्म तीनदिन चल्ने मेलामा बृहत नेपाली महिला दिदिबहिनीद्वारा बनाइएको सामग्रीहरु ८० भन्दा बढि स्टलहरुमा राखिनेछन् । उक्त मेलामा १० हजारभन्दा बढी आगन्तुकहरुले अवलोकन गर्ने पनि आयोजकको दाबी छ । 

विशेषगरी अशिक्षित, भेदभाव तथा अवसरबाट बञ्चित महिलाहरुलाई सीप सिकाई उनीहरुको शृजना तथा उत्पादनलाई बजारीकरण गर्न उक्त मेलाले महत्वपूर्ण अवसर प्रदान गर्नेछ । अघिल्ला बर्षहरुमा आयोजना गरिएको मेलाले पनि महिलाहरुलाई उद्यमशिलताप्रति प्रेरित गराई धेरै महिलाहरु उद्यमी बनिसकेको आयोजकको दाबी छ । 

Skip This
Skip This
Logo