सेफर भ्याली कन्सेप्ट कार्यान्वयनका लागि सहकार्य जरुरी छः आईजीपी कुँवर

सेफर भ्याली कन्सेप्ट कार्यान्वयनका लागि सहकार्य जरुरी छः आईजीपी कुँवर

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले, नेपाल प्रहरीले सुरक्षित महानगरको लागि अघि सारेको सेफर भ्याली कन्सेप्टको परिकल्पना र त्यसभित्रको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र महानगरबीच सहकार्य आवश्यक भएको बताएका छन् । 

महानगरपालिका काठमाडौंको ३१ औँ नगर प्रहरी दिवसमा शुभकामना दिँदै आईजीपी कुँवरले नगर प्रहरीले महानगरको भौतिक पूर्वाधार क्षेत्रमा देखिने गरी काम गरेको समेत बताए । उनले नेपाल प्रहरीले सुरक्षित महानगरको लागि अघि सारेको सेफर भ्यालीको कन्सेप्ट दुवैको हितमा हुने भन्दै त्यसलाई मिलेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । 

‘नेपाल प्रहरीले विगतदेखि अघि सार्दै आएको सेफर भ्याली कन्सेप्टको परिकल्पना र त्यस भित्रको सुरक्षा व्यवस्थापनको लागि नेपाल प्रहरी र महानगरपािलका एकजुट भएर अगाडि बढ्न जरुरी छ । हामी हिड्ने मार्ग पृथक होला तर, हाम्रो लक्ष्य एउटै हो । त्यो हो सुरक्षीत महानगर,’ कुँवरले भने । 

उनले महानगरका प्रहरी वलको कार्यले शान्ति सुरक्षालाई व्यवस्थापन गर्न प्रहरीलाई समेत सहयोग पुगेको भन्दै प्रहरीको मनोवलले धेरै कुरा पूरा गर्न सकिने कुरा महानगर प्रहरीले स्पस्ट पारेको बताए । तर, उनले स्थानीय र संघीय सरकारको बीचमा तादम्यता र समन्वयन हुनुपर्नेमा जोड दिए ।  

उनले भने, ‘कताकता समन्वयको कमि भएको हो की भन्ने मलाई लाग्छ । तर, संघीय सरकार र स्थानीय सरकारबीचको अलि माथिल्लो तहको समन्वय गरेर हामी जान सक्यौं भने हामीले महानगरपालिकालाई कायापलट गर्न सक्छौं ।’ 

Skip This
Skip This
Logo