समाजवादी मोर्चाले आज पोखरामा सन्देशसभा गर्दै

समाजवादी मोर्चाले आज पोखरामा सन्देशसभा गर्दै

केन्द्रबिन्दु
0
Shares

आज समाजवादी मोर्चा नेपालले पोखरामा सन्देश सभा आयोजना गर्दैछ। देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले गण्डकीमा पनि प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्न लागेको हो।

पोखरास्थित दिपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सो सभालाई सम्बोधन गर्नेछन्।

हिजो मात्रै मोर्चाले सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो भने बुधबार गर्ने भनिएको धनगढीको सुदुरपश्चिम स्तरीय सभा भने अन्तिम समयमा आएर स्थगित गरेको थियो।

Skip This
Skip This
Logo