पर्वतमा चितुवा मृत फेला

पर्वतमा चितुवा मृत फेला

केन्द्रबिन्दु
0
Shares

पर्वतको मोदी गाउँपालिका-७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ। राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो। स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन्।

डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ। चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन।

वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ। पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए। दुईवटाको जीवितै उद्धार गरिएको थियो। वराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ। चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन।

वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ। पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए। दुईवटाको जीवितै उद्धार गरिएको थियो।

Skip This
Skip This
Logo