प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्नसके देश विकास हुन्छः सभामुख घिमिरे

प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्नसके देश विकास हुन्छः सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले देशको पर्यटन विकासका लागि प्राकृतिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

ललितपुरको महालक्ष्मी नगरपालिकाको पर्यटन प्रर्वद्धन सुभारम्भ कार्यक्रममा सभामुख घिमिरेले राष्ट्रलाई आकर्षक र समृद्ध बनाउन मुलुकका ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक क्षेत्रको प्रचार प्रसार र संरक्षण आवश्यक भएको बताएका हुन् । 

नेपाल सुन्दर मुलुक भएपनि त्यसको अध्यन र विश्लेषण सहि ढङ्गबाट नभएको भन्दै उनले त्यसलाई व्यवस्थित गर्ने हो भने राष्ट्र निमार्णमा सहयोग पुग्ने बताए । उनले भने, ‘मुलुकका सुन्दर मुलुकहरुमा सबैभन्दा पहिला नेपाल हुन सक्छ, तर त्यो ढङ्गको अध्यन र विश्लेषण भईरहेको छैन् । यो कार्यक्रम जुन सुरु भएको छ यो राष्ट्र कै हितका लागि, राष्ट्रलाई आकर्षण गर्न, समृद्ध बनाउन र गौरव गर्ने विषयको सुरुवात हो ।’

यस्तै, सभामुख घिमिरेले प्राकृतिक सुन्दरता र जैविक विविधताको संरक्षण गर्नसके त्यसले देशको आर्थिक विकासमा योगदान पुग्ने बताए ।

Skip This
Skip This
Logo