थाइल्याण्डकी पूर्वप्रधानमन्त्री सिनावात्राको सजाय एक वर्ष घटाइयाे

थाइल्याण्डकी पूर्वप्रधानमन्त्री सिनावात्राको सजाय एक वर्ष घटाइयाे

केन्द्रबिन्दु
0
Shares

थाइल्याण्डका राजाले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा (७४) को जेल सजाय आठ वर्षबाट घटाएर एक वर्षमा पुर्याएका छन्। 

थाइल्याण्डका राजा महा वजिरालोङकर्नको निर्णय शुक्रबार शाही राजपत्रमा प्रकाशित भएको थियो। शिनावात्रा १५ वर्षको स्वयम् निर्वासनपछि गत हप्ता थाइल्यान्ड फर्केकी थिए, त्यसपछि उनलाई जेलमा राखिएको थियो। 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल लगिएको छ। थाइल्याण्ड एक संवैधानिक राजतन्त्र हो, जहाँ राजालाई दोषी अपराधीहरूलाई माफी दिने अन्तिम निर्णय गर्ने अधिकार छ। सिनावात्रा सन् २००१ देखि २००६ सम्म देशको प्रधानमन्त्री थिइन्।

Logo