भवन भत्कने खतरा भन्दै बेलायतमा १५० विद्यालय बन्द

भवन भत्कने खतरा भन्दै बेलायतमा १५० विद्यालय बन्द

केन्द्रबिन्दु
0
Shares

जोखिमपूर्ण भवनमा कंक्रीटको प्रयोग भएकाले भत्कने डरले बेलायतमा विद्यालय बन्द गरिएका छन्। 

जसका कारण शुक्रबार देखी बेलायतका करिब १५० विद्यालय बन्द गरिएको छ। विद्यालयलाई अस्थायी स्थानमा सारिएको छ। अटोक्लेभ एरेटेड कंक्रीट ऑटोक्लेव्ड एरेटेड कंक्रीट (आरएएसी) भनिने हल्का तौल कंक्रीट बेलायतका केही विद्यालयहरूको निर्माणमा प्रयोग भएको रिपोर्टमा उल्लेख गरिएको छ। आरएएसी १९५० देखि १९९० को मध्यसम्म छत, स्कूल, कलेज र अन्य भवन निर्माण गर्नको लागी व्यापक रूपमा प्रयोग गरिएको थियो।

केही वर्षअघि गरिएको विश्लेषणले यसलाई जोखिमपूर्ण भएको फेला पारेको थियो र यसको प्रतिस्थापन सिफारिस गरेको थियो।  विद्यालय भवनमा बिम भत्केपछि यस हप्ता नयाँ सल्लाह जारी गरिएको थियो, जसका कारण बेलायतका १५० विद्यालय भवन बन्द गरिएका हुन्। 

Skip This
Skip This
Logo