मधेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै

मधेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका आठै जिल्लामा आज विस्तारित बैठक बस्दै छ। पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो।

भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय गरेको थियो। विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ।

जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेश कुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मला कुमारी यादव र जितेन्द्र कुमार यादवले जिम्मेवारी पाएका छन्।

त्यस्तै सर्लाहीमा रामपृत पासवान र निरा कुमारी साह, रौतहटमा रामबाबु कुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिल कुमार यादवलाई तोकिएको छ। बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु, प्रदेश समितिका नेताहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, पालिका समितिका पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधिहरु,भ्रातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरुलाई उपस्थित हुन भनिएको छ।

Skip This
Skip This
Logo