नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार बस्ने भएको छ। केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार सोमबार बस्ने बैठकको समय भने तय भइसकेको छैन।
‘सोमबार बस्ने खबर आएको छ। समय तय भइसकेको छैन’, पाण्डेले भने,‘केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका सम्बन्धमा आवश्यक गृहकार्य गर्न बैठक बोलाइएको हो।’
साथै सचिवालय बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी छ।





























प्रतिक्रिया