शीतलनिवास पुगेर प्रधानमन्त्रीले दिए राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणबारे जानकारी

शीतलनिवास पुगेर प्रधानमन्त्रीले दिए राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणबारे जानकारी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान शीतलनिवास पुगेका हुन्। 

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रचण्ड भदौ ३० गते अमेरिका जाँदैछन्। उनी अमेरिकाबाटै चीन जाने कार्यतालिका छ ।

Logo