भारतविरुद्ध नेपाललाई दोस्रो झड्का, भीम आउट

भारतविरुद्ध नेपाललाई दोस्रो झड्का, भीम आउट

केन्द्रबिन्दु
0
Shares

नेपाललाई एसिया कपमा भारतविरुद्ध दोस्रो झड्का लागेको छ । 

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १५ ओभरको अन्तिम बलमा भीम सार्कीलाई गुमाएको हो । उनी रविन्द्र जडेजाको बलमा ७ रनमा आउट भए । 

हाल पहिलो १५ ओभरको खेल सकिँदा नेपालले एक विकेटको क्षतिमा ८५ रन बनाएको छ । हाल क्रिजमा आशिफ शेख र कप्तान रोहितकुमार पौडेल रहेका छन् । 

यसअघि पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए । उनले २५ बलमा २ छक्का र ३ चौकासहित ३८ रन जोडे । उनी नवौं ओभरको शार्दुल ठाकुरको पाँचौ बलमा क्याच आउट भएका हुन् ।

साथै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

Skip This
Skip This
Logo