जगदम्बा इन्टरप्राइजेजद्वारा अत्याधुनिक एलआरएफ विधिमार्फत नेपालमै पहिलोपटक प्राईम बिलेट उत्पादन

जगदम्बा इन्टरप्राइजेजद्वारा अत्याधुनिक एलआरएफ विधिमार्फत नेपालमै पहिलोपटक प्राईम बिलेट उत्पादन

केन्द्रबिन्दु
0
Shares

जगदम्बा ईन्टरप्राईजेज प्रालिले अत्याधुनिक एलआरएफ (Ladle Refining Furnace) विधिमार्फत नेपालमै पहिलोपटक प्राईम बिलेट उत्पादनमा ल्याएको छ । भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राईम बिलेट नेपालमै पहिलोपटक जगदम्बा ईन्टरप्राईजेजले उत्पादनमा ल्याएको हो ।

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा Fe 500 D गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ । डण्डी भूकम्प प्रतिरोधात्मक हुन्छ । यस्तो डण्डी केवल प्राईम बिलेटबाट मात्र बन्दछ । जगदम्बा ईन्टरप्राईजेजले जगशक्ति गोल्ड ब्राण्डमा Fe 500 D डण्डीको उत्पादन एवं बिक्री बितरण गर्दै आएको छ ।

बीरगञ्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा ईन्टरप्राईजेजले जि.आई.पाईप, व्ल्याक पाईप, त्यूबुलार र पोल, हाईमाष्ट पोल, फेव्रिकेशन तथा अन्य बिभिन्न किसिमका फलामजन्य वस्तुहरुको उत्पादन गर्दै आएको छ । बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण प्राप्त यो उद्योग नेपाल बिद्युत प्राधिकरणको सबैभन्दा ठुलो ग्राहक र नेपालको अग्रणी फलामजन्य उद्योगको रुपमा परिचित छ।

Logo