दुई दिनदेखि दाङमा सलहको नोक्सानी

दुई दिनदेखि दाङमा सलहको नोक्सानी

केन्द्रबिन्दु
0
Shares

दाङ ।

दाङमा मङ्गलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौं हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले बुधबार साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा नोक्सान पुर्याउने क्रम जारी राखेको छ ।

केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेष गरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पुर्याएको छ । सलह घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली, राप्ती, गढवा, दंगिशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेसम्म बसिरहेको छ ।

सलहलाई स्थानीयवासीले भगाउने प्रयास गरे पनि ठूलो सङ्ख्यामा आएकाले नसकिएको उनले बताए । उनका अनुसार सलहले अहिलेसम्म करीब सात सय हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट पारेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको हुँदा नोक्सानीको दर अझै बढ्न सक्नेछ ।रासस

Skip This
Skip This
Logo