सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको छ ।

भदौ २१ गते अन्तिम सुनुवाइ हुने भनिए पनि सन्दीपविरुद्धको मुद्दा धेरै पछाडि रहेको छ। कार्कीको इजलासमा पहिलो मुद्दा सजाय निर्धारणको छ भने त्यसपछि हेर्दाहेर्दैमा रहेको चोरी मुद्दा पनि उनकै इजलासमा रहेको छ।

त्यसपछि जालसाजी, लेनदेन र लागु औषधको मुद्दा पनि कार्कीको इजलासमा परेको कारण बिहीबार पनि उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना न्यून छ। 

Logo