कपुरी ब्रदर्शले काठमाडौंमा अटोमोबाइल व्यवसाय सुरु गरेको १५ वर्ष पूरा भएको छ । बुधबार कम्पनीले काठमाडौैंमा एक विशेष कार्यक्रम गर्दै १५औं वार्षिकोत्सव मनाएको हो ।
रोशन कपुरीको सभापतित्वमा कार्यक्रममा प्रमुख अतिथिका रुपमा स्याकार सेल्स डिभिजन हेड सोहन बहादुर श्रेष्ठ, सर्विस हेड भिडिजन सिताराम न्यौपाने, पास डिभिजन हेड मुकुन्द श्रेष्ठ, पूर्वराष्ट्रिय फुटबल खेलाडी हरि खड्का, केन्द्रबिन्दुका सिइओ विदुर खतिवडा, स्याकार फाइनान्स भिडिजन हेड नारायण प्रसाद अधिकारी, अकाउन्टिङ फाइनान्स हेड विमला बज्राचार्य, सिद्धार्थ बैंकका चिफ एक्जिक्यिुटिभ अधिकृत प्रसन्न खड्कालगायतले कपुरी ब्रदर्शको यात्रा गौरवपूर्ण भएको र आगामी दिनमा पनि कम्पनीले थप सफलता हासिल गर्न सफल रहोस् भनेर शुभकामना दिएका थिए ।
विगत ३० वर्षदेखि अटोमोबाइल व्यवसायमा संलग्न कपुरी ब्रदर्शले विर्तामोड, दमक, विराटनगर हुँदै काठमाडौंसम्म व्यवसाय सञ्चालन गर्दै आएको छ ।
विगत ३० वर्षदेखि अटोमोबाइल व्यवसायमा संलग्न कपुरी ब्रदर्शले विर्तामोड, दमक, विराटनगर हुँदै काठमाडौंसम्म व्यवसाय सञ्चालन गर्दै आएको छ । काठमाडौं उपत्यकामा कपुरी ब्रदर्शले व्यवसाय सुरु गरेको १५औं वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको सो कार्यक्रममा विशोष वावु सापकोटालाई होण्डा एडिएटर स्कुटर हस्तान्तरण गरेको थियो ।
कपुरी ग्रुप अफ कम्पनीका अध्यक्ष प्रकाश कपुरीले कपुरी ग्रुप अफ कम्पनीको विस्तारको बारेमा बताए ।
कार्यक्रममा कपुरी ग्रुप अफ कम्पनीका अध्यक्ष प्रकाश कपुरीले कपुरी ग्रुप अफ कम्पनीको विस्तारको बारेमा बताए । उनले आफू नाडा (अटोमोवाईल्स एशोसिएशन अफ नेपाल) र नासा दुवैसँग आबद्ध रहेको पनि बताए । उनले यहि भदौ २६ गतेदेखि सञ्चालन हुने ‘नाडा अटो शो’मा १ लाखभन्दा बढी मानिसहरुले मेला भिजिट गर्ने अनुमान गरेका छन् । उनले सोही मेलामार्फत नेपालमा फेरि अटोमोवाइल्स व्यवसाय मौलाउने पनि विश्वास व्यक्त गरे ।































प्रतिक्रिया