काठमाडौँका सडकमा गुडिरहेको बीवाईडी डल्फिनकाे भिडियो बनाउँदा एक लाख जित्ने मौका

काठमाडौँका सडकमा गुडिरहेको बीवाईडी डल्फिनकाे भिडियो बनाउँदा एक लाख जित्ने मौका

केन्द्रबिन्दु
0
Shares

बीवाईडी गाडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले ‘स्पट द डल्फिन अन द रोड’ अभियान घोषणा गरेको छ।

उक्त अभियान आगामी सोमबारसम्म चल्ने कम्पनीले बताएको छ। बीवाईडी डल्फिन भदौ २६ गतेदेखि हुने ‘नाडा अटो शो’मा सुरुको दिन सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ । घोषणा गरेको अभियानअन्तर्गत गत बुधबारदेखि ‘बीवाईडी डल्फिन’ काठमाडौँका सडकमा गुडिरहेको कम्पनीले जानकारी दिएको छ।

अभियानअन्तर्गत सडकमा गुडिरहेको बीवाईडी डल्फिनको भिडियो बनाएर फेसबुक, इन्स्ट्राग्राम वा टिकटकमा सार्वजनिक गर्दा १ लाख रुपैयाँसम्म जित्ने मौका पाइने पनि कम्पनीले बताएको छ।

काठमाडौँका सडकमा बीवाईडी डल्फिन भेट्नेबारे बीवाईडीको फेसबुक पेजमार्फत जानकारी लिन सकिने कम्पनीले बताएको छ। 

Skip This
Skip This
Logo