विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भयो बीवाईडी

विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भयो बीवाईडी

केन्द्रबिन्दु
0
Shares

चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडी विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भएको छ। बीवाईडीले मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरुमा सामेल भएको हो।

बीवाईडीले गत महिना अर्थात अगस्ट २०२३ मा २ लाख ७४ हजार ३८६ गाडीहरु बिक्री गरेको छ। लगातार चौथो महिनामा बीवाईडीले आफ्नै रेकर्ड तोड्दै अगस्टमा यति गाडीहरु बिक्री गरेको हो। २०२३ को पहिलो ६ महिनामा बीवाईडीको बिक्री पनि ७२.७२ प्रतिशतले बृद्धि भएको छ।

कम्पनीले यो अवधिमा ३५ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ । बीवाईडी सन् १९९५ मा स्थापित चिनियाँ कम्पनी हो, जसले सुरुवातमा रिचार्ज हुने ब्याट्रीहरुको उत्पादन गर्ने गरेको थियो । 

जापानबाट चीनमा आयात हुने ब्याट्रीहरुलाई विस्थापित गर्न प्रतिस्पर्धि बनेर आएको बीवाईडीले सन् २००२ बाट गाडीसँग सम्बन्धित कुराहरुको निर्माण गर्न सुरु गरेको थियो ।

नवीकरणीय उर्जामा आधारित गाडी (न्यु इनर्जी भेइकल) बनाउने बीवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ प्रतिशत धेरै गाडी बिक्री पनि गरेको छ। कम्पनीले यो अवधिमा १२.५ लाख गाडी बिक्री गर्दै शीर्ष १०औँ स्थानमा सामेल भएको हो। नेपालमा पनि बीवाईडीका गाडी बिक्रीका लागि उपलब्ध छन् । साइमेक्स इंकले बीवाईडीका गाडी बिक्री–वितरण गरिरहेको छ ।

Skip This
Skip This
Logo