अनधिकृत प्रचार सामग्री टाँस्ने ३ जनालाई काठमाडौँ महानगरले तिरायो जरिवाना

अनधिकृत प्रचार सामग्री टाँस्ने ३ जनालाई काठमाडौँ महानगरले तिरायो जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई जरिवाना तिराएको छ। आज कलङ्की क्षेत्रबाट अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो।

विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको हो।

नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर महानगरले जरिवाना तिराएको हो।

महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ, बार, पार्क, पर्खालजस्ता ठाउँहरूमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ। यस व्यवस्थाको वास्ता नगरी सार्वजनिक स्थानमा पर्चा टाँस्ने, सडकमा हिँड्नेलाई वितरण गर्ने व्यक्तिहरू भेटिन्छन् । उनीहरूमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरूको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गर्ने गरेका छन्।

Skip This
Skip This
Logo