सामाजिक सञ्जालका नकारात्मक अभिव्यक्तिले भयावह रूप लिन सक्छः मुख्यमन्त्री पाण्डे

सामाजिक सञ्जालका नकारात्मक अभिव्यक्तिले भयावह रूप लिन सक्छः मुख्यमन्त्री पाण्डे

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उत्तेजनात्मक र नकारात्मक चेतना फैलाउने गरी सामाजिक सञ्जालमा आउने अभिव्यक्तिले समाज अराजकतातर्फ गइरहेको बताएका छन्।

शनिबार नेपाल पत्रकार महासंघ गोरखाको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले सामाजिक सञ्जालमा निम्तिने नकारात्मक अभिव्यक्ति नियन्त्रण गर्न नसके यसको परिणाम भयावह हुने चेतावनी दिएका हुन्।

‘पत्रकारिता र सामाजिक सञ्जाल फरक कुरा हो, तर मानिसले सामाजिक सञ्जालका कुरा पनि समाचार हुन भनेर बुझिरहेका छन्,’ उनले भने, ‘सामाजिक सञ्जालका उत्तेजनात्मक र नकारात्मक चेतना फैलाउने खालका समाचारले समाज अराजकतातिर गइरहेको छ।’ कतिपय जिम्मेवारी व्यक्तिले समेत सामाजिक सञ्जालमा अभिव्यक्त गरको कुराले मुलुकलाई हिंसातर्फ अग्रसर हुन प्रेरित गरेको उनको भनाइ छ। 

Skip This
Skip This
Logo