दिल्लीमा सुरु भयो जी-२० सम्मेलन

दिल्लीमा सुरु भयो जी-२० सम्मेलन

केन्द्रबिन्दु
0
Shares

जी-२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ।आज र भोली दुई दिन चल्ने सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन,बेलायती प्रधानमन्त्री ऋषि सुनक,अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु भारत पुगेका छन्। 

सम्मेलनको पहिलो दिन २० देशका प्रमुखहरु एकै ठाउँमा बसेर विश्वको वर्तमान अवस्था र भविष्यका बारेमा छलफल गर्नेछन्। विशेष गरी जलवायु परिर्वतन, खाद्य सुरक्षा र गरिब राष्ट्रहरुको लागि सहायताबारे सम्मेलनमा छलफल हुने बीबीसीले जनाएको छ। 

सम्मेलनमा विश्वका दुई ठुला शक्ति राष्ट्र रुस र चीनका राष्ट्रपति भने उपस्थित भएका छैनन्। उनीहरुको तर्फबाट ती देशका प्रतिनिधिले सहभागिता जनाएका छन्। 

कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन्। उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए।

साथै उनले जी–२० सम्मेलनमा मोरक्कोमा गएको भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। जी–२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध छन्।

Skip This
Skip This
Logo