साइबर सेक्युरिटीका लागि ‘जिरो ट्रष्ट सेक्युरिटी’को प्रयोग अत्यावश्यक छः पंकज कुमार ठाकुर

साइबर सेक्युरिटीका लागि ‘जिरो ट्रष्ट सेक्युरिटी’को प्रयोग अत्यावश्यक छः पंकज कुमार ठाकुर

केन्द्रबिन्दु
0
Shares

चिफ इन्फरमेसन सेक्युरिटी अफिसर (सिआईएसओ) पंकजकुमार ठाकुरले साइबर सेक्युरिटीका लागि 'जिरो ट्रष्ट सेक्युरिटी' प्रयोग गर्न आवश्यक रहेकाे बताएका छन् । 

काठमाडौंको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रमको टेबल डिस्कसनमा नेटवर्किंग एण्ड साईबर सेक्युरिटीको विषयमा बोल्दै सीईएच मास्टरसमेत रहेका ठाकुरले यस्ताे बताएका हुन् । 

साइबर अट्याकबाट बचाउन नेपालमा साइबर सेनाहरुको आवश्यकता रहेको पनि उनले बताए । उनले हामीले साइबर सेक्युरिटीका लागि 'एआई'को प्रयोग बढाउनु पर्नेमा ध्यान दिनुपर्ने बताए । 

आईटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौं बिजनेश क्याम्पस (केबिसी)ले आईटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ । यहि क्रममा आज शनिबार क्याम्पसकै परिसरमा आयोजना भैरहेको सिम्फोजियममा आईटी सेक्टरका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुती तथा अन्तर्क्रिया भइरहेको छ ।

Skip This
Skip This
Logo