नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले विदेशी चलचित्रसंग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल चलचित्र कलाकार संघको ३५औं स्थापना दिवसको अवसरमा आयोजित नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका विषयक अन्तरक्रियामा अध्यक्ष केसीले नेपाली चलचित्रलाई विदेशी चलचित्रले थिचोमिचो गरिरहेको अवस्थामा पनि चलचित्र बनाउने क्रम नरोकिएको भन्दै खुसी व्यक्त गरे ।
उनले भने, ‘चलचित्र गुणस्तर हुन सकेन । हाम्रो चलचित्रलाई अहिले पनि विदेशी चलचित्रले थिचोमिचो गरिरहेका छन् । यस्ता धेरै समस्याहरु हामी वर्षौदेखी झेलीराखेकै छौं । तै पनि हामी अगाडि बढ्र्दै निरन्तर घर खेत राखेर चलचित्र बनाउने क्रममा अगाडि बढीरहेका छौं ।’
अध्यक्ष केसीले आफ्नै देशमा धेरै पैसा लगानी गरेर बनाएका विदेशी चलचित्रहरुसँग प्रतिश्पर्धा गर्नु चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘विदेशी चलचित्रहरुसँग हिम्मतनहारी धेरै पैसा खर्च गर्ने चलचित्रहरुको अगाडि हामीले थोरै लगानीमा प्रतिश्पर्धा जारी राखीरहेका छौं । आफ्नै देशमा ठूला ठूला विदेशी चलचित्रहरु प्रतिश्पर्धा सामना गरिरहेका छौं त्यसैले चुनौती धेरै छन् । ’
त्यस्तै, नेपाल चलचित्र कलाकार संघका मोहन निरौलाले स्व.कलाकार सारुक ताम्राकारको मृत्यु प्रकरणमा कलाकार संघ संस्थाले केही गरेन भनेर गाली आउने गरेको भन्दै कलाकार राष्ट्रको पहिचान भएकाले मर्यादीत रुपमा बोल्न आग्रह गरे। उनले भने, ‘कलाकार संघ संस्थाले काम गरेनन् भन्ने कुरा विभिन्न ठाउँमा सुनिन्छ । आवाज उठिरहेको छ । जस्तो सारुकको निधन प्रकरणलाई लिएर पनि आवाज उठेका छन् । तर हामीले बोल्न मिल्ने जति मात्र बोल्न मिल्छ । र यस बीचमा केहि गाली गलौजका कुराहरुपनि आएका छन् । तर कलाकार राष्ट्रको पहिचान हो कमसेकम बोल्दा मर्यादीत रुपमा बोल्नुपर्छ म अनुरोध गर्दछु । त्यो विषयमा चाँडो अनुसन्धान गर्न आग्रह गर्दछु । ’
उनले देशमा राजनीतिले बाटो नपैल्याएसम्म केहि पनि कुरा पहुँचमा पुग्न नसक्ने तर्क गरे ।































प्रतिक्रिया