युरो कप छनोटमा अल्बानियासँग पोल्यान्ड पराजित

युरो कप छनोटमा अल्बानियासँग पोल्यान्ड पराजित

केन्द्रबिन्दु
0
Shares

युरोकप २०२४ छनोटअन्तर्गत पोल्यान्ड अल्बानियासँग पराजित भएको छ।आईतबार राती सम्पन्न खेलमा पोल्यान्ड अल्वानियासँग पराजित भएको हो।

समूह ई अन्तर्गत आईतबार राती भएको खेलमा अल्बानिया २-० गोल अन्तरले विजयी भएको हो।अल्बानियाको घरेलु मैदानमा पोल्यान्डविरुद्ध जनसिर असानि र मिरलिन्ड डाकुले समान १/१ गोल गरेका थिए। 

असानीले ३७ औँ मिनेटमा गोल गदै अल्बानियालाई अग्रता दिलाएका थिए। मिरलिन्डले ६२ औँ मिनेटमा अल्बानियाका लागि दोस्रो गोल गरे।अल्बानिया ५ खेलमा ३ जितका साथ समूह ई को शीर्ष स्थानमा रहेको छ।

पोल्यान्ड भने ५ खेलमा ६ अंकका साथ चौथो स्थानमा रहेको छ।  ६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन्। जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ। 

Skip This
Skip This
Logo