सुन तस्करी प्रकरणः भीमकान्त भण्डारीसँग सीआईबीले लियो बयान

सुन तस्करी प्रकरणः भीमकान्त भण्डारीसँग सीआईबीले लियो बयान

केन्द्रबिन्दु
0
Shares

सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका विश्वासका पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो। विध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पूर्वमन्त्री पुनका विश्वास पात्र मानिन्छन्। 

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखेपछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्दा समेत खेपीरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टी हुने आधार देखा परेपछि सिआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो।   

नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थमन्त्री पुनसहित पूर्वमन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए।  

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेकाे भण्डारीले छाेटाे समयमा नै अस्वभाविक आम्दानी गरेपछि हाल उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएकाे छ।

उनकाे सम्पति राेक्का गरी मुद्दा चलाइरहेकाे बेला हालै भएकाे ६० केजी सुन तस्करी प्रकरणामा अस्वभाविक संलग्नता देखा परेपछि प्रहरीले हिजाे बाेलाएर साेधपुछ गरेकाे हाे। बयान नसकिएपछि साेमबार पनि थप बयान हुने जनाइएकाे छ। 

Logo