काठमाडौं ।
सुनको मूल्य आज सम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एकै दिन ५ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।
मङगलबार प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको सुन आज ९१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य हाल सम्मकै उच्च हो । आज तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ र चाँदी ९६० रुपैंयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । चाँदी आज १५ रुपैंयाँले बढेको हो ।





























प्रतिक्रिया