यो तस्बिर हेर्दा लाग्छ, यो सामान्य जोडीको तस्बिर हो । आइतबारदेखि सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ यो जोडीको तस्बिरले ।
तस्बिर हेर्दा जति सामान्य तस्बिर देखिन्छ, त्यति सामान्य जोडीको भने होइन । तस्बिरमा सामान्य साधारण देखिएको जोडी हो, बेलायतका प्रधानमन्त्री भारतीय मूलका ऋषी सुनक र उनकी पत्नी अक्षता मूर्ति । जुन तस्बिरलाई धेरै नेपालीले पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।
साथै यस तस्बिरमा देखिएको उनीहरुको पहिरन र संस्कारलाई लिएर निकै तारिफ पनि भईरहेको छ । कतिपयले भनेका छन्, ‘संस्कार, सभ्यता जहिलेपनि सरलतामा झल्किन्छ, नेपाली नेताहरुले पनि पाठ सिक्नुपर्छ ।’
भारतीय सञ्चार माध्यमका अनुसार तस्बिरको सन्दर्भ हो, भारतको नयाँदिल्लीमा अवस्थित स्वामिनारायण अक्षरधाम मन्दिर दर्शन गर्न जाँदाको । जहाँ सुनक उनकी श्रीमती अक्षता सहित मन्दिर दर्शन गर्न पुगेका थिए । सामाजिक सञ्जालमा भाइरल तस्बिरमा सुनक सेतो सादा सर्ट र पाइन्टमा छन् भने उनी पत्नी अक्षतापनि साधारण कुर्था सुरुवालमा छिन् । दुवैजनाले नमस्कार गरिहेका छन् । तस्बिर सामाजिक सञ्जालमा भाइरल हुनुको कारण उनीहरुको पहिरन र संस्कार देखिन्छन् ।
बेलायतका प्रधानमन्त्री सुनक जी–२० शिखर सम्मेलनमा सहभागी हुन पत्नीसहित भारत आएका थिए ।





























प्रतिक्रिया