सुवास नेम्वाङको पार्थिव शरीर आज घरमा लगिने

सुवास नेम्वाङको पार्थिव शरीर आज घरमा लगिने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिने भएकाे छ।  हिजो दिनभर एमाले पार्टी मुख्यालय,च्यासल ललितपुरमा राखिएको पार्थिव शरीरलाई आज घरमा लगिनेछ। 

बुधबार १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र १ बजेपछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए। 

घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिएपछि भोली बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमालेले जनाएकाे छ।

Skip This
Skip This
Logo